गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

यी हुन् माओवादीले छानेका १४ समानुपातिक सांसद
काठमाडाैं । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ प्रतिनिधि सदस्यको टुंगो लगाएको छ। सो पार्टीले १४ जना सांसद पाएको थियो। जसमध्ये अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ महिला र २ पुरुषको नाम छनोट गरेका छन्।
माओवादीबाट सांसद चुनिनेहरुमा आदिवासी जनतातितर्फ दुर्गा राई, मीना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ छन्।
खसआर्यतर्फ हितराज पाण्डे, ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी र नरायणी शर्मा चयन भएका छन्। थारुतर्फ रुपा सोसी चौधरी चयन भएकी छन् भने दलिततर्फ रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी छानिएका छन्।
त्यस्तै, मधेशीतर्फ मीना यादव र उमरावती देवी यादव चयन हुँदा मुस्लिमतर्फ कल्पना मियाँ छनोट भएका छन्।