What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सुकुम्वासीको पक्षमा उत्रियो भूमि आयोग, स्थानीय निकायलाई दियो निर्देशन
काठमाडौं। राष्ट्रिय भूमि आयोगले कुनैपनि ठाउँका सुकुम्बासीलाई तत्काल नहटाउन सरकारलाई निर्देशन दिएको छ।
कुनै पनि ठाउँका सुकुम्बासीलाई तत्काल नहटाउन आयोगले काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तह तथा सरकारी/गैरसरकारी निकायलाई शुक्रबार सूचनामार्फत निर्देशन दिएको हो।
‘कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरूका बस्ती हटाउने र उनीहरू असुरक्षित हुने गरी कुनै पनि कार्य नगर्न(नगराउन यो सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ।
सुकुम्बासीका लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच, लालपुर्जा सम्बन्धी सबै कार्य निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै गरिने उल्लेख गर्दै आयोगले यी काम सम्पन्न नभएसम्म सुकुम्बासीलाई नहटाउन निर्देशन दिएको छ।
महानगरले सुकुम्वासी वस्ती खाली गराउने प्रयाश गरिरहेकै बेला राजनीतिक दवावमा आयोगको सूचना आएको सरकार सम्वध्द सूत्रको भनाई छ।







