हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
यी हुन् १४९ क्षेत्रका विजयीहरू, बाँकी १६ क्षेत्रमा यस्तो छ अवस्था (सूचीसहित)
काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यतर्फको १४९ क्षेत्रको अन्तिम मत परिणाम आएको छ । निर्वाचन आयोगका अनुसार शनिबार बेलुका ५ बजेसम्म कूल १६५ निर्वाचन क्षेत्रमध्ये १४९ क्षेत्रको मतपरिणम सार्वजनिक भइसहेको छ ।
जसमा नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ५० क्षेत्रमा चुनाव जितेको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ३८, नेकपा (माओवादी केन्द्र)ले १६ सिट जितेका छन् ।
नेकपा (एकीकृत समाजवादी) ले १०, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, राष्ट्रिय स्वतन्त्र पार्टीले ७, जसपाले ५, लोसपाले ४ र नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ ।
यस्तै, नेमकिपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाले एक÷एक सिट जित्दा स्वतन्त्र उमेदवारले ५ सिट जितेका छन् ।
कसले कहाँ जिते ?
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे,
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयशमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – वीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउँद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २ – विष्णुकुमार कार्की
३४. सुर्खेत १ – पूर्णबहादुर खड्का
३५. बर्दिया २ – सञ्जय गौतम
३६. दाङ ३ – दीपक गिरी
३७. नवलपरासी १ – विनोद चौधरी
३८. सिन्धुपाल्चोक २ – मोहन बस्नेत
३९. धनुषा २ – रामकृष्ण यादव
४०. स्याङ्जा १ – राजु थापा
४१. गुल्मि १– चन्द्र भण्डारी
४२. मोरङ ६ – डा. शेखर कोइराला
४३. मोरङ ३ – डा. सुनिल शर्मा
४४. कपिलबस्तु २ – सुरेन्द्रराज आचार्य
४५. संखुवासभा – दिपक खड्का
४६. तेह्रथुम – सीता गुरुङ
४७. कैलाली ५ – डिल्लिराम पन्त
४८. सप्तरी ४ – तेजुलाल चौधरी
४९. नुवाकोट २ – अजुर्ननरसिंह केसी
५०. मुगु – ऐनबहादुर शाही
नेकपा (एमाले)
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२. काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५. झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५. रुपन्देही ५ – वासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८. झापा ४ – एलपी साँवा लिम्बु
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्यप्रसाद ढकाल
२१. बैतडी – दामोदर भण्डारी
२२. कपिलवस्तु १ – बलराम अधिकारी
२३. कञ्चनपुर १ – तारा लामा तामाङ
२४. पाँचथर – वसन्त कुमार नेम्वाङ
२५. कास्की ३ – दामोदर पौडेल
२६. सर्लाही ३ – हरिप्रसाद उप्रेती
२७. मोरङ २ – ऋषीकेश पोखरेल
२८. कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
२९. रुपन्देही १ – छविलाल विश्वकर्मा
३०. रुपन्देही २ – विष्णु पौडेल
३१. पाल्पा १ – नारायण आचार्य
३२. कास्की १ – मनबहादुर गुरुङ
३३. काभ्रे २ – गोकुल बास्कोटा
३४. बारा ३– ज्वाला कुमारी शाह
३५. बारा १ – अच्युत मैनाली
३६. पाल्पा २– ठाकुर गैरे
३७. सिराह ३ – लिलानाथ श्रेष्ठ
३८. धनुषा ३ – जुली कुमारी महतो
नेकपा (माओवादी केन्द्र.
१. सिन्धुली २ – लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०. खोटाङ – रामकुमार राई
११. भोजपुर – सुदन किराँती
१२. मोरङ ४ – अमनलाल मोदी
१३. हुम्ला – कार्जेन लामा
१४. नुवाकोट १ – हितबहादुर तामाङ
१५. खोटाङ – रामकुमार राई
१६. काभ्रे १ – सूर्यमान तामाङ
नेकपा (एकीकृत समाजवादी.
१. अछाम १ – शेरबहादुर कुँवर
२. बारा ४ – कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा – धनबहादुर बुढा
९. धादिङ १ – राजेन्द्र पाण्डे
१०. दाङ १ – मेटमणि चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३. काठमाडौं २ – सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २ – रवि लामिछाने
७. चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलशमशेर जबरा
२. जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३. मकवानपुर १ – दीपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङ्देन
५. चितवन ३ – विक्रम पाण्डे
६. नवलपरासी पश्चिम २ – ध्रुवबहादुर प्रधान
७. रुपन्देही ३ – दीपक बोहरा
जनता समाजवादी पार्टी, नेपाल
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १– नवलकिशोर साह
३. सिराह ४– विरेन्द्र प्रसाद महतो
४. सिराह २ – राजकिशोर यादव
५. बारा २ – रामसहाय प्रसाद यादव
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
१. रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १ – रामप्रकाश चौधरी
३. महोत्तरी २ – शरद्सिंह भण्डारी
४. महोत्तरी ३ – महन्थ ठाकुर
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता श्रेष्ठ चौधरी
३. कैलाली २ – अरुणकुमार चौधरी
जनमत पार्टी
१. सप्तरी २ – डा. चन्द्रकान्त (सीके राउत)
राष्ट्रिय जनमोर्चा
१. बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
१. भक्तपुर १ – प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४ – अमरेशकुमार सिंह
३. मोरङ ५ – योगी मण्डल
४. रौतहट ३ – प्रभु साह
५. रौतहट २ – किरण साह
अब १५ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आउन बाँकी छ ।
बाँकी रहेका निर्वाचन क्षेत्र
इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । दोस्रोमा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल छन् । इलाम क्षेत्र नम्बर–२ मा एमालेका सुवास नेम्वाङ अगाडि छन् । दोस्रोमा कांग्रेसका डम्बरबहादुर खड्का छन् ।
मोरङ–१ मा नेपाली कांग्रेसका डिगबहादुर लिम्बूको अग्रता कायम छ । एमालेका घनश्याम खतिवडा दोस्रो स्थानमा छन् । सुनसरी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको अग्रता छ । दोस्रोमा जसपाका अशोक राई छन् ।
सुनसरी–३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् । कांग्रेसका विजयकुमार गच्छदार पछ्याउँदै छन् । पछिल्लो मतपरिणामानुसार सुनसरी–४ मा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की अगाडि छन् । दोस्रोमा एमालेका जगदीशप्रसाद कुसियैत छन् ।
धनुषा–१ मा जसपाका दीपक कार्की अगाडि छन् भने दोस्रोमा माओवादी केन्द्रका मातृकाप्रसाद यादव छन् । धनुषा–४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवको अग्रता कायम छ । दोस्रोमा एमालेका रघुवीर महासेठ छन् ।
महोत्तरी–१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेल अगाडि छन् भने दोस्रोमा एमालेका लक्ष्मी महतो कोइरी रहेका छन् । महोत्तरी–४ मा कांग्रेसका महेन्द्रकुमार रायको अग्रता छ । दोस्रोमा जसपाका सुरेन्द्र कुमार यादव छन् ।
सर्लाही–२ मा माओवादी केन्द्रका महिन्द्रराय यादव अगाडि छन् । दोस्रोमा लोसपाका राजेन्द्र महतो रहेका छन् ।
रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङको अग्रता छ । दोस्रोमा एमालेका कैलाशप्रसाद ढुंगाना छन् ।
दोलखामा मतगणना हुन सकेको छैन । स्याङ्जा–२ मा पनि विवादका कारण मतगणना सुरु भएको छैन ।
बाजुरामा राजनीतिक दलहरूले जिल्लाका २४ मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै उजुरी दिएका छन् । त्यहाँको एक केन्द्रमा आज पुनः मतदान गरिएको छ । मतगणना सुरु गरिएको छैन ।