What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
काठमाडौं-५ बाट कांग्रेसका प्रदीप पौडेल निर्वाचित
काठमाडाैं । काठमाडौं-५ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।
उनी नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। यसअघि २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट पोखरेलले जितेका थिए।
कांग्रेस उम्मेदवार पौडेलले १५ हजार २३७ मत पाए। उनका प्रतिस्पर्धी एमाले उम्मेदवार पोखरेलले १० हजार १७२ मत पाए।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणय शम्शेर राणाले चार हजार १७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामप्रसाद उप्रेतीले दुई हजार ५३०, स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङले दुई हजार १५६ र हेमराज थापाले एक हजार ९८८ मत पाए।






