What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

एमालेका विष्णु पौडेलले लिए अग्रता
काठमाडाैं । रुपन्देही-२ नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलले अग्रता लिएका छन्। पौडेलले पाँच हजार ३११ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पाँच हजार १३६ मत ल्याएका छन्।
शुरुदेखि नै अग्रता लिएका स्वतन्त्र पार्टीका उम्मेदवार गणेशलाई एमालेका उम्मेदवार विष्णुले झिनो मतान्तरले उछिनेका हुन्।
राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापा मगरले चार हजार ४६ मत पाएका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन छ।
यो क्षेत्रमा ८१ हजार मतदान भएकोमा १६ हजार ३४५ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।