नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

दुई हजार मत गणना हुँदा प्रधानमन्त्री देउवालाई ९४९ मत
डडेल्धुरा । डडेलधुरामा प्रतिनिधिसभा सदस्यतर्फ दुई हजार मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले ९४९ मत प्राप्त गर्नुभएको छ।
यस्तै, कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल नेपालीले ४२५ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ४२२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिनुभयो ।
डडेलधुरामा ९१ हजार २०१ मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो।