हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
निर्धक्क भएर मतदान गर्नुस् : प्रमुख निर्वाचन आयुक्त
काठमाडौं। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सो आग्रह गर्नुभएको हो ।
मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म देशभर प्रनिधिनिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनमा भाग लिई आफ्नो मतअधिकार प्रयोग गर्न आयोगको तर्फबाट सबै मतदातालाई हार्दिक आह्वान गर्नुभएको छ । साथै उहाँले भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणाली, जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिक मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आवश्यक पर्ने, निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धि सम्पूर्ण तयारीहरु पूरा भइसकेको छ ।’’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनिय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन हुने दिनभन्दा ४८ घण्टाबाट सुरु भएको प्रचारप्रसार निषेधको अवधिमा निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन कसूर तथा सजाय ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७९ को पालनामा आयोगले विशेष सजकता अपनाएको छ ।
यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगम टोली र मतदान कार्यमा खटिएका कार्मचारी एवम् सुरक्षाकर्मीबाट सुक्ष्म अनुगमनको कार्य भइरहेको पनि उहाँले बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले यसका साथै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट प्राप्त सूचनालाई पनि आयोगले जानकारीमा लिई आवश्यक निगरानी र नियमन गरिरहेको जानकारी दिनुभयो ।
यसैगरी, आयोगले मतदानका दिन आवश्यक सेवाका लागि सञ्चालन हुने तथा सञ्चारकर्मी, पर्यवेयक्षक, अनुगमनकर्ता लगायतका सवारी साधनलाई अनुमति लिनु नपर्ने व्यवस्था गरेको छ । आयोगबाट स्वीकृत मापदण्ड बमोजिम निर्वाचनको स्वच्छता र स्वतन्त्रतामा प्रतिकुल असर नपर्ने गरी यातायातको व्यवस्थित सञ्चालन तथा सवारी आवागमनको उपयुक्त प्रबन्ध मिलाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारी तथा अन्य तोकिएका अधिकारीहरुलाई निर्देशन दिइसकेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताउनुभयो ।