What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
पैसा बाँडेको आरोप लागेका उम्मेदवारको गाडीबाट १०५ रुपैयाँ बरामद
काठमाडाैं । मतदातालाई रकम बाँडेको आरोप लागेका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ (ख) का प्रदेशसभा उम्मेदवार दीपक निरौला चढेको गाडीबाट १ सय ५ रुपैयाँ रकम बरामद भएको प्रहरीले जानकारी दिएको छ।
क्षेत्र नम्बर ५ का निर्वाचन आचारसंहिता उल्लंघन अनुगमन समितिका प्रतिनिधि सुकदेव बास्कोटाको रोहवरमा प्रहरी वृत्त महाराजगञ्जमा निरौला र उनी चढेको गाडी खानतलासी गर्दा उक्त रकम बरामद भएको वृत्तका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जीसीले बताए।

निर्वाचन आचारसंहिता विपरित पैसा बाँडेको भन्दै प्रतिस्पर्धी समूहले विरोध गरेपछि उनलाई प्रहरीले सुरक्षाका लागि भन्दै मंसिर २ को साँझ नियन्त्रणमा लिएको थियो। निरौला एमालेका तर्फबाट उम्मेदवार हुन् ।
गाडीमा पर्चा समेत भेटिएको छ। रकम बाँडेको भन्दै विपक्षीले घेराउ गरेपछि प्रहरीले निरौलासहित बुढानिलकण्ठ ६ का वडाअध्यक्ष रवि खड्का र प्रदीप डंगोललाई उद्धार गरेको दाबी गरेको थियो।
उम्मेदवार निरौला लगायतलाई क्यान्सर रोगका विरामी तोक्मान लामाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन जाँदा राज्य संयन्त्रको दुरुपयोग गरेर प्रहरी बोलाउने र पैसा बाँडेको भनेर बदनाम गर्न खोजिएको काठमाडौं ५ एमाले निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ।






