बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

तीजका लागि चीनबाट ल्याएकाे करोडौंका सामान केरुङमा रोकिए
रसुवा । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिराले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् । रसुवागढीको नाका नजिकैको पहिरो, घट्टेखोलाको पुललाई बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड गाउँपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो । तीन साताअघिबाट यातायात अवरुद्ध भएपछि हालसम्म झन्डै १ हजार २ सय कन्टेनर केरुङमै थन्किएका हुन् । आयात गर्न लागिएका अघिकांश सामग्री दसैं र तिहारसँग सम्बन्धित छन् । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।
यातायात अवरुद्ध भएपछि रसुवा भन्सारको कारोबार ठप्प भएको छ । तातोपानी नाका बन्द भएपछि प्रमुख नाकाका रूपमा सञ्चालित रसुवागढीसमेत अवरुद्ध हुँदा व्यवसायीले झन्झट बेहोर्नुपरेको छ । स्याउलगायत कुहिने सामग्रीहरू व्यवसायीले बोकाएरै राजधानी ल्याइरहेका छन् । आयात ठप्प हुँदा दैनिक लाखौं राजस्व असुल हुने नाका सुनासान छ ।
गोदाममा राखिएका र कन्टेनरमा लोड गरिएका सामान असुरक्षित भएको व्यवसायी टपेन्द्र तिमिल्सिनाले बताए । यसबाट व्यवसायीले करोडौंको घाटा व्यहोर्नुपर्ने अवस्था छ । ‘तीज पर्वका लागि झिकाइएका सामान त यो वर्ष राजधानी नआउने भयो,’ अर्का व्यवसायी शैलेश पौडेलले भने, ‘लोड गरिएका कन्टेनरका सामान चोरी हुन थालेको छ ।’
केरुङमा रहेको ४ कन्टेनरबाट सामान चोरी भएको उनले बताए । ‘तीजका लागि ल्याएको सौन्दर्य र तयारी पोसाक अधिक छ । दसैंका सामान पनि छिट्टै राजधानी भित्र्याउन नसके बिक्री गर्न सकिँदैन,’ उनले भने ।