भक्तपुरमा आगलागीबाट एकजनाको मृत्यु

काठमाडौं । भक्तपुरमा आगलागीमा परी एकजनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ राइटोल माथिल्लो कुण्डोलमा भएको आगलागीबाट २५ वर्षीया अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता राजु पाण्डेले बताए ।

पाण्डेका अनुसार आज बिहान आत्मराम केसी र हरिशरण केसीको कच्ची घरमा आगलागी हुँदा आत्मारामकी छोरी अस्मिताको मृत्यु भएको हो । “१४ वर्षकी नित्मा केसीलाई उद्धार गरेका छौँ । उनको कोरियन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको छ । साथै हरिशरण केसीको घरमा पनि आगलागी भएको छ,” उनले भने ।

आगलागी सशस्त्र प्रहरी बल भक्तपुरबाट दुईवटा दमकल परिचालन गरिएको थियो । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । आगलागीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *