हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
निर्वाचनको तयारीबारे आयोगद्वारा कूटनीतिक नियोगलाई जानकारी
काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनबारे नेपालस्थित कूटनीतिक नियोगहरुलाई जानकारी गराएको छ । आयोगले सोमबार नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई निर्वाचनबारे जानकारी गराएको हो ।
आयोगकाे केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र पारदर्शी ढङ्गले सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको र आवश्यक तयारी पूरा भएको जानकारी गराउनुभएको हो । आयुक्त थपलियाले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा अन्तर्राष्ट्रिय समुदायबाट साथ र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
यसैगरी, आयोगका उपसचिव कमल भट्टराईले निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्था, आचारसंहिता कार्यान्वयनका लागि गरिएको प्रबन्ध, निर्वाचन अनुगमन गर्ने संस्था तथा पर्यवेक्षहरुको बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
उहाँले निर्वाचनमा मतदानपछि सुरक्षा संवेदनशीलताको दृष्टिले महत्त्वपूर्ण मानिएको मतपेटिका सुरक्षाका लागि सुरक्षा निकायको ३ घेरा कायम हुने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
भटराईले ३ वटा अन्तर्राष्ट्रिय संस्था, ४४ वटा राष्ट्रिय संस्थालाई निर्वाचन अनुगमनको अधिकार प्रदान गरिएको र निर्वाचनमा ८ हजार पर्यवेक्षक परिचालन गरिएको बताउनुभयो । कार्यक्रममा विदेशस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरुले संविधानमा उल्लेख भए अनुसार महिला सहभागिताको प्रत्याभूतिबारे जिज्ञासा राखेका थिए ।