बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

निर्वाचन आयोगले तोक्यो १४१ अस्थायी मतदान केन्द्र (सूची)
काठमाडाैं । अस्थायी मतदाताका लागि निर्वाचन आयोगले ७६ वटै जिल्लामा मतदान केन्द्र निर्धारण गरेको छ।
मंसीर ४ गते हुने निर्वाचनका लागि अस्थायी मतदान केन्द्र स्विकृत गरिएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अस्थायी मतदाता नामावलीमा नाम भएका तर मतदान केन्द्रमा नखटिने कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका व्यक्ति, निर्वाचन कसूरमा सजाय पाएका बाहेकका कारागारमा रहेका कैदी र बन्दी लगायतका व्यक्तिले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने गरी केन्द्र तोकिएको आयोगले जनाएको छ।