नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

एमालेले भोलि घोषणापत्र सार्वजनिक गर्ने, ५५ वटा सभामा सहभागी हुने ओलीको तयारी
काठमाडौं । नेकपा एमालेले भोलि मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गर्दै छ ।
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।
घोषणापत्र सार्वजनिक गरिसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओली भने विभिन्न क्षेत्रमा हुने करिब ५५ वटा सभामा सहभागी हुने तयारी गरेको एमालेले जनाएको छ ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपासहित दलहरूले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । एमालेको घोषणापत्र बहुप्रतिक्षित विषय बनेको छ ।