डाँको छोडेर चिच्याई चिच्याई रुनुका पनि थुप्रै फाइदा छन् जानिराख्नुस्

एजेन्सी ।  एक–ताका निकै चलेको लाेक गीत थियो जति .…..रुनु परेनी मेरै काखमा रोउ मायाँ शत्रुले देख्ने गरी रुनु हुँदैन….. । जीन्दगीमा सायद नरुने मान्छे छैन । रुनुका कारण धेरै हुनसक्छन् तर नरोएको कोही छैन । तपाईँ पनि धेरै पटक रुनु भएको छ । कसैले नदेख्ने गरी सुँक्क सुँक्क गरी रुनु भएको होला । हुन त रोएपछि मन हलुका हुन्छ सबैले अनुभब गरेकै कुरा होे । साच्चिकै रुनुहुन्छ भने अब डाँको छोडेर चिच्याई चिच्याई रुनुहोस यसरी रुनुका पनि धेरै फाइदाहरु छन् ।

धेरैलाई थाहा भएको कुरा हो खुलेर हाँनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । चिकित्सकहरुका अनुसार जसरी हाँस्नुमा फाइदा हुन्छ त्यसरी नै डाँको छोडेर चिच्याई चिच्याई रुँदा पनि स्वास्थ्यका लागि उत्तिकै फाइदा हुन्छ । नहाँस कसैले भन्दैन तर रुँदा सबैले नरोउ भन्छन्, तर  एक अध्ययन अनुसार रोएर आँशु बगाउँदा स्वास्थ्यका लागि फाइदा हुन्छ । जसरी पिसाव वा पसिनाबाट मानव शरीर भित्रको बिकार तत्व बाहिर निस्किन मद्धत मिल्छ त्यसरी नै आँशु बगाउँदा पनि फाइदा हुन्छ ।

एक अध्ययनका अनुसार स्ट्रेसका कारण रुनु र आँखामा आएको समस्याका कारण आउने आँशुमा अन्तर छ । जब हामी रुन्छौँ शरीरबाट एड्रेनोकार्टिकोट्रोपिक र ल्यूसीन नामक स्ट्रेस हार्मोन निस्किन्छ । तर अन्य समस्याबाट आउने आँशुमा यस्तो केही हुँदैन ।

आँशुले आँखाको मेमब्रेनलाई सुक्न दिँदैन । यदि मेमब्रेन सुख्खा भयो भने आँखाको रोशनीमा फरक पर्दछ । जसका कारण आँखा कम देख्ने समस्या आउन सक्छ । आँशुमा लाइसोजाइम नामक तत्व पाइन्छ । जुन आँखामा बाहिरी ब्याक्टेरिया नष्ट गर्न सहायक हुन्छ । यसले आँखामा सङ्क्रमण हुनबाट जोगाउँछ । यो तत्व पनि आँशुबका माध्यमबाट नै निस्किन्छ । यदि तपाईँ रुनुहुन्छ भने ।

रुँदा तनाब केही मात्रामा भए पनि कम हुन्छ । यसले मन केही हलुका हुन्छ । केही मानिसहरु तनाबका कारण अनेक क्रियाकलाप गर्छन् । मादक पदार्थ सेवन समेत गर्ने गर्छन तर त्यसो गर्नु राम्रो होइन । मनमा पीर त तनाब छ भने रन मन छ भने मज्जाले चिच्याई चिच्याई रुनुस् स्वास्थ्यका लागि फाइदा हुन्छ । अध्ययनले भन्छ रुनु फाइदाजनक हुन्छ , आफ्नो मान्छेको अंगालोमा बाँधिएर रुँदा मन हलुका हुन्छ । यो त सबैले अनुभव गरेकै कुरा होे । अन्य अप्रत्यक्ष रुपमा पनि रुनुको फाइदा रहेको चिकित्सकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *