प्रचण्ड परिवारको भागमा तीन टिकट, कसले-कसले पाए ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीन जना चुनावी मैदानमा उत्रिएका छन् । प्रचण्ड अहिले गोरखा–२ बाट चुनाव लड्ने तयारीमा छन् ।

चितवनबाट यसअघि निर्वाचित प्रचण्डले त्यहाँ असुरक्षित भएपछि गोरखा लागेका छन्। गत निर्वाचनमा चितवन ३ बाट विजयी भएपनि प्रचण्ड यस पटक निर्वाचन क्षेत्र परिवर्तन गर्दै नम्बर २ बाट उठ्न लागेका हुन्।

उनी उठ्ने निर्णय पार्टीले गरिसकेको छ। गोरखामा समेत कांग्रेसकी माधवी भट्ट बागी उम्मेदवार उठ्ने निश्चित भइसकेको छ । त्यस्तै प्रचण्डकी बुहारी विना मगरलाई पनि माओवादीले टीकट दिने भएको छ।

यस अगाडी पनि प्रतिनिधिसभा सदस्य रहेकी मगरलाई कञ्चनपुर १ बाट उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको हो। त्यस्तै प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका जीवन आचार्यले प्रदेशसभाको लागि टीकट पाएका छन्।

उनले मोरङबाट चुनावमा उठ्ने गरी टीकट पाएका हुन्। मोरङको क्षेत्र नम्बर ६ को (क) बाट जीवन आचार्यलाई उठाउने माओवादीको निर्णय छ।

माओवादी आन्दोलमा खासै योगदान नभएका आचार्य पहिले कांग्रेस समर्थक थिए । उनी २०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदासमेत कांग्रेसका उम्मेदवार चुमनारायण दबदारसँग पराजित भएका थिए । दबदार अहिले कांग्रेसको प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा छन् ।

मोरङबाट क्षेत्र नम्बर ४ मा माओवादीका अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डल उम्मेदवार भएका छन् । मोरङको क्षेत्र नम्बर १ ‘क’बाट कुशल लिम्बू र २ को ‘क’ बाट गणेश उप्रेतीले टिकट पाएका छन् ।

मधेस प्रदेशमा माओवादीले पायो ७ सिट

सत्ता गठबन्धनको भागबन्डामा नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा प्रतिनिधि सभातर्फ ७ क्षेत्रमा उम्मेदवारी दिन पाउने भएको छ। गठबन्धनमा जसपा बाहिरिएर लोसपा भित्रिएपछि माओवादीको २ सिट बढेको हो।

जसपासहित ५ दलीय सत्ता गठबन्धन हुँदा माओवादीले ५ सिट मात्र पाउने चर्चा चलेको थियो। माओवादीले २०७४ मा ५ सिट जितेको थियो। त्यसबेला एमालेसँग चुनावी तालमेल थियो।

मंसिर ४ मा हुने चुनावअन्तर्गत माओवादी केन्द्रले प्रतिनिधि सभातर्फ महोत्तरी–१, धनुषा १, बारा ३, सर्लाही–२ र ३, सिरहा ३ र बारा २ मा उम्मेदवारी दिन पाउने भएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *