बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

नेपालमा लगानीको सम्भावना र अवसर छ, तर कानुन छैन : उपाध्यक्ष ढकाल
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर भए पनि समयसमपेक्ष कानुनको अभाव रहेको बताएका छन् ।
नेपाल–भारत उद्योग वाणिज्य संघले हिजो काठमाडौंमा आयोजना गरेको नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्तिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष ढकालले सो कुरा बताएका हुन् । लगानीको सम्भावना र अवसर भए पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागि समयसापेक्ष कानुनको अभाव हुँदा लगानी भित्रिन नसकेको उनको भनाइ छ ।
पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी बिधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताउँदै उनले यससम्बन्धी जनचेतनाको समेत कमी रहेकाले प्रचार–प्रसारमा ध्यान पुर्याउनु आवश्यक रहेको पनि बताएका छन् ।
उपाध्यक्ष ढकालले मस्यौदा लगानी मैत्री र लगानी भित्र्याउन सहज हुने किसिमको हुनुपर्नेमा पनि जोड दिँदै सरोकारवाला पक्षसँग छलफल र समन्वयमा कानुनहरू ल्याउँदा त्यस्ता कानुनहरू तथा नियमहरू प्रभावकारी हुनाका साथै कार्यान्वयनमा पनि सहज हुने धारणा व्यक्त गरे ।