तनहुँको भानु नगरपालिकामा खादा प्रयोगमा पूर्ण निषेध

दमाैली । तनहुँको भानु नगरपालिका क्षेत्रमा खादाको प्रयोगमा पूर्णरूपमा रोक लगाइएको छ । भानु नगरकार्यपालिकाको बैठकले नगरपालिका क्षेत्रभित्र खादाको प्रयोग नगर्ने निर्णयअनुरूप रोक लगाइएको हो ।

विभिन्न कार्यक्रम, सभा, बैठक, समारोह तथा अन्य सम्मानलगायतका कार्यमा समेत खादा प्रयोग नगर्न निर्देशन गरिएको भानु नगर शिक्षा अधिकारी धु्रवराज पौडेलले जानकारी दिनुभयो ।

खादा प्रयोगले अनावश्यक खर्च मात्रै बढाउने भएकाले यसको प्रयोग नगर्न सम्बन्धित निकायमा सोमबार नै परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।

अब उप्रान्त कुनै पनि कार्यक्रममा प्रयोग नगर्न र नगराउन नगरपालिकाका सबै निकायमा जानकारी गराइएको उहाँले बताउनुभयो । भानु नगरपालिकाभित्र सञ्चालित विद्यालय, कलेज, शिक्षालय, सामुदायिक सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालय, वाचनालय तथा अन्य सम्पूर्ण सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा नल्याइने नगरपालिका कार्यालयले जनाएको छ ।

त्यसैगरी सामुदायिक शैक्षिक संस्थामा आयोजना गरिने वार्षिकोत्सव, सभा, बैठक समारोह, स्वागत तथा बिदाइ कार्यक्रम जस्ता सार्वजनिक कार्यक्रममा खादा प्रयोगमा पूर्णरूपमा बन्देज लगाइएको उहाँले जानकारी दिनुभयो ।

खादाको अर्थ र महत्व बारे विशेष जानकारी

अहिले नेपाली हरु ले विशेषत विभिन्न महत्वपुर्ण कार्यहरु गर्दा यो खादा प्रयोग गर्दै आइरहेका छन्। जस्तै जन्म दिनको बधाई दिने देखि विवाह, मृत्यु, स्वागत, बिदाई , सभा, सम्मेलन, पुजा पाठ हरु जस्ता कार्यमा प्रयोग गर्दै आइरहेको छ।

इतिहास हेर्ने हो भने यो खादा सदियौंदेखि विशेषत बोद्धमार्गी हरुले हरेक शुभ कार्यमा प्रयोग गर्दै आइएको पाइन्छ। त्यसो त यो खादा लगाउने संस्कार शाक्यमुनि बुद्ध जन्मिनु भन्दा पहिलेदेखि चलिआएको इतिहासका जानकारहरु बताउ छन्। तर त्यस बेला सेतो रंगमात्र चलाउने प्रचलन रहेको जानकारहरुको दाबी छ।

अहिले सजिलैसंग बिभिन्न रंगको कपडा पाउने भएको हुँदा पाँच रंगको खादाहरु प्रयोगमा ल्याउने गरेको बौध्द गुरु ले बताए। खादाको अर्थ र महत्व वारे जानकारी खादामा टाशी ताकगे अर्थात अष्टमंगलको चिन्ह हुन्छ र चारओटा शुभ आर्शिबादको हरफहरु लेखिएका हुन्छ्न्।

खा =हिउँ, ताक = चिन्ह अर्थात लगाउने। खाताकलाई अपभ्रम्श भएर पछि खादा भएको हो। हिमाली क्षेत्रमा शुभमंगल होस भनि हिउँजस्तो स्वच्छ रंगको चिन्ह।सम्मानस्वरुप लगाइदिनु हो।

१. ङिन्मो देलेग छेन्देलेग : दिनमा पनि शुभमंगल होस र रातमा पनि शुभमंगल होस् ।
२. ङिन्मोइ गुङ्याङ् देलेगसिं : दिनमा पनि त्यसैगरि शुभमंगल भैरहोस ।
३. ङिन्छेन् तकतु देलेक्पा : दिनरात सदा शुभमंगल होस्
४. कोन्छ्योग् सुमगी टाशीस्योग : त्रिरत्न
(बुद्ध रत्न, धर्मरत्न, संघ रत्न) को शुभमंगल होस् ।
अष्टमंगल : यो बौद्धमार्गी र हिन्दुधर्मलम्बीहरुले अष्टमंगल हरेक शुभ कार्यमा प्रयोग गर्ने गरिन्छ ।

यी आठ चिन्हरुले निम्न लिखित प्रतिकको संकेत गर्द्छ :

१. छाता : शिर २. बिजयध्वज : शरिर, ३. माछा : आँखा, ४. कलश : घाँटी, ५. कमलको फुल : जिब्रो, ६.श्रीवत्स : छाती, ७. शंख : ध्वनी, स्वर, ८. चक्र : पैतला, यसले बुद्ध भगवानको पुरा शरिरलाई जनाउँदछ ।

खादा पाँच रंगको हुन्छ । यो रंगको अर्थ लामा अर्थात तिब्बती भाषा र नेपाली तथा हिन्दु धर्मीलम्बि हरुले मान्ने भाषामा फरक फरक रहेको छ।

सेतो : वैरोचन बुद्ध, पहेलो : रत्नसम्भव, रातो : अमिताभ बुद्ध, निलो : अक्ष्योभ्य बुद्ध, हरियो : अमोघसिद्दि बुद्ध । नेपाली भाषामा सेतो = पवित्र, पहेलो = शान्ती, रातो = शक्ति, निलो = प्रगति, हरियो = शौभाग्य पाँच रंगले पञ्चतत्वलाई पनि जनाउदछ। रातो : अग्नि तत्व, पहेलो: पृथ्बी तत्व, निलो : आकाश तत्व, हरियो : जल तत्व, सेतो : वायु तत्व यो खादा मा रहेको सम्बोट्लिपि लाइ बुद्ध बचन अनुबाद टीका शेर्पा, मिलन तामाङ ले अनुवाद गरेका हुन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *