नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

अझै भेटिएनन् खोलाले बगाएको नगर प्रहरी
डी.बी. खालिङ
सोलुखुम्बू । दुई सातादेखि खोलामा बेपत्ता सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीको अवस्था अझै अज्ञात छ । ८ भदौमा वडा नम्बर- २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाएका नगर प्रहरी दावा तेन्जी शेर्पाको अवस्था अझै अज्ञात रहेको नगरपालिकाले जनाएको छ ।
नगर प्रहरी सहायक निरीक्षक दिला कार्कीका अनुसार नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी कार्य जारी राखे उनी फेला पर्न परेका छैनन् ।
८ भदौ मंगलबार दिउँसो सोही नगरपालिकाको वडा नम्बर- ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश- ३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ जान हिँडेका थिए ।
प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडा नम्बर- २ का वडा अध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । न्युज कारखाना