प्रम पत्नी आजुरका विजनेश पाटनरलाई योजना आयोगको उपाध्यक्ष उपहार, ‘सचिव र डिजीहरुलाई दिनकै डिनरपाटी’

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेपछि तीब्र आलोचना भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई आयोग उपाध्यक्ष नियुक्त गर्ने निणर्य गरेको हो ।

डा. पौडेल आफूलाई अर्थशास्त्री भनेर चिनाउँछन् । केहीले उनलाई युवा अर्थशास्त्री भनेर कथेका छन् । पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया (वर्कले)बाट अर्थशास्त्रमा विद्यावारिधि गरेका भनिन्छ । र, उनी अहिले पनि काठमाडौं विश्वविद्यालयमा एसोसिएट भिजिटिङ प्रोफेसरका रूपमा कार्यरत छन् ।

पौडेलले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारका रूपमा समेत काम गरेका छन् । बैंकमा निर्देशक र योजना आयोगमै आर्थिक सल्लाहकारको रूपमा काम गरेको अनुभव उनीसँग छ । तर, कुरा के रहयो भने, उनको यो बेलाको नियुक्तिमा संगति मिलेन । कारणः उनी प्रधानमन्त्री पत्नी आरजु देउवाका व्यापारिक साझेदार हुनु ।

 

 

पौडेल राणाले खोलेको खुमलटारस्थित युलेन्स स्कुलमा साझेदार छन् । युलेन्स नेपालको सबैभन्दा महँगो स्कुल भनिएको छ । कति अभिभावक त यो स्कुलको शुल्क सुनेरै ढल्छन् । प्रधानमन्त्री पत्नीका व्यापारिक साझेदारलाई योजना आयोगको उपाध्यक्ष बनाइएको भन्दै सामाजिक सञ्जाल र जनस्तरमा व्यापक विरोध भइरहेको छ ।

 

 

कोरोना लकडाउनको बेला स्कुल बन्द थियो । तर, शुल्क कसेर लिएको भन्दै युलेन्स विवादमा परेको थियो, भने पौडेल झन् आलोचित थिए । केही दिन अघि मात्रै निजी विद्यालय र अस्पतालमा लगानी रहेका उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएपछि व्यापारीहरुको सरकार प्रवेश राम्रो नभएको भन्दै आलोचना भएको थियो । केपी ओली नेतृत्वको अघिल्लो सरकार व्यापारीकै घेराबन्दीमा परेर डामाडोल भएको तथ्य ताजै छ ।

पत्नी प्रभावमा प्रम देउवाले गरेका निणर्यले नागरिक निराश त हुने नै भए, यस प्रकारका गतिविधि उनको सत्तारोहणको वर्खिलाप छन् ।

आरजुको अश्वभाविक सक्रियता

प्रधानमन्त्री पत्नी आरजु देउवाको अश्वभाविक सक्रियता बढेको छ । उनको सक्रियताले प्रशासनिक र कुटनीतिक क्षेत्र प्रभावित भएको छ । आरजुको ब्रिफिङ सुन्न र निर्देशन खान नेपाल सरकारका सचिवहरु होटल र निवास धाउन थालेका छन् । यि कुरा सामाजिक सञ्जाल प्रयोगकर्ताले खुलम्खुल्ला लेखेका छन् । नेपाल सरकारका सचिव मात्र नभई विभागीय महानिर्देशक र निर्देशकहरुको समेत आरजुको डिनर पार्टीका लागि दौडादौड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *