बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

अर्जेन्टिनाको जितमा मेसीको दुई गोल
रियो डि जेनेरियो । लियोनल मेसीको दुई गोलमा कोपा अमेरिकामा अर्जेन्टिनाले समूह ‘ए’ को मंगलबारको आफ्नो अन्तिम लिग खेलमा बोलिभियालाई ४–१ ले हराएको छ । अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले पराजित गर्यो ।
अर्जेन्टिनाले एलेजान्ड्रो गोमेजको गोलले अग्रता लिएयता मेसीले दुई गोल थपे । मेसीले खेलको ३३औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । त्यस्तै ४२औं मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
एरविन साभेड्राले बोलिभियाका लागि एक गोल फर्काएपछि अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले चौथो गोल गरे ।
उरुग्वेको जितमा भने एडिसन कभानीले पेनाल्टीबाट एक मात्र गोल गरे । लिग चरणको समाप्तिमा अर्जेन्टिना १० अंकसहित शीर्ष स्थानमा रह्यो । यो समूहबाट उरुग्वे, पाराग्वे र चिलीले पनि अन्तिम आठमा प्रवेश पाए ।