अक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई पत्रकारकाे ६० लाख सहयाेग

कौरव खत्री
गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन प्लान्ट स्थापनाको लागि गुल्मी अस्पताललाई रु.६० लाखको चेक सोमबार हस्तान्तरण गरेको छ ।

अस्पतालका डाक्टर उत्तम पच्यालाई नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल सहितको टोलीले एक कार्यक्रमका बीच रु. ६० लाख रुपैँयाको चेक हस्तान्तरण गरिएको हो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले जिल्लामा अक्सिजनको अभाव हुन नदिन भनेर गत बैशाख २५ गतेदेखी जिल्लामा अक्सिजन प्लान्ट स्थापना गर्नको लागि सहयोग अभियान सञ्चालन गरेको थियो ।

साथै सहयोग अभियान मार्फत संकलन गरिएको संकलित रु. ६० लाखको चेक गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि प्रदान गरिएको हो ।

जिल्लामा बिरामीहरुले अक्सिजन नपाएकै कारण अकालमै ज्यान गुमाउनु पर्ने अवस्था नहोस भन्दै यस अघि महासंघले पाँच लाख रुपैँया बराबरको २० वटा भरिएको ठूला अक्सिजन सिलिन्डर अस्पतालाई प्रदान गरिएको थियो ।

जिल्लामा पछिल्लो समयमा संक्रमित बिरामीहरुको संख्या बृद्धि हुँदै गएको सन्दर्भमा सिलिन्डर भर्न विभिन्न समस्याहरु आउने भएकाले अक्सिजन प्लान्ट स्थापना नै उत्तम भएको भन्दै अभियान संचालन गरिएको शाखा अध्यक्ष अर्यालले बताउनुभयो ।

देश तथा विदेशबाट करिव ७० लाख रुपैया संकलन भएको नेपाल पत्रकार महासंघ गुल्मी शाखाका उपाध्यक्ष रेशम कुँवरले जानकारी दिनुभयो ।

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नलाई नेपाल सरकारको एक करोड रुपियाँ विनियोजनन भएको छ । भने जिल्लामा पाँच वेडको आइसियु संचालन गर्नका लागि पनि दुई करोड रुपियाँ विनियोजन भएको छ ।

नेपाल पत्रकार महासंघ गुल्मीबाट प्राप्त रकम र नेपाल सरकारको एक करोड रुपैँयालाई एकमुष्ठ राखी निर्माण कार्य अगाडी बढाइने गुल्मी अस्पतालका डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो ।

६० लाख रुपैयाको चेक ग्रहण गर्दै पच्याले पत्रकार महासंघ गुल्मीले देशमै नमुना कार्य गरेको भन्दै धन्यवाद व्यक्त गनुभयो । नेपाल पत्रकार महासंघ गुल्मीको अभियानले सार्थकता पाएको भन्दै जति सक्दो छिटो अक्सिजन प्लान्ट स्थापना गर्नका लागि अस्पताल विकास समिति लाग्ने उँहाले बताउनु भयो

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *