बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कालीमाटीमा अनुगमनमा गएका टोली र व्यापारीबीच विवाद
काठमाडौं । कालीमाटी तरकारी बजार अनुगमन गर्न गएकोे टोली र व्यापारीबीच विवाद भएकाे छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा प्रहरीको संयुक्त टोली र व्यापारीहरुबीच विवाद भएको हाे ।
विवाद धेरै बढेपछि व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही बेर नियन्त्रणमा लिएर छोडेका छन् ।
सोमबार बिहान अनुगमनमा गएको टोलीलाई भित्र राखेर व्यापारीले गेटमा धर्ना दिएका थिए। उक्त टोलीलाई छुटाउन त्यहाँ थप प्रहरी समेत परिचालन गरिएको थियो।
काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि त्यहाँ विवाद बढेको हो।
अनुगमन स्थलमा विवादको समाधान नभएपछि वार्ताका लागि ब्यापारीहरुलाई १० बजे आपूर्ति बिभागमा बोलाइएको छ ।
आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले भित्र रहेको अगुगमन टोलीलाई छुटाएर व्यापारीलाई कारवाही प्रक्रिया अगाडि बढाउने बताए।