What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रियललाई हराउँदै चेल्सी फाइनलमा
काठमाडाैं । युरोपेली च्याम्पियन्स लिग फुटबलमा दुई इंलिस क्लब म्यानचेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल पुग्ने क्रममा चेल्सीले गए राति रियल म्याड्रिडलाई २ / ० ले हरायो । घरेलस मैदानमा चेल्सीबाट टिमो वेर्नरले २८ र मसोन माउन्टले ८५ मिनेटमा गोल गरे । समग्रमा दुई लेगको खेलमा चेल्सी ३ / १ ले विजयी भएको हो ।
यसअघि रियलको घरेलु मैदान सान्टियागो बेर्नाबउमा गत साता सम्पन्न पहिलो लेगमा १/१ गोलको बराबरी भएको थियो । २९ मेइमा टर्कीको इस्तानबुलमा हुने फाइनलमा अब चेल्सीले अर्को इंलिस क्लब म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
सेमिफाइनलमा पेरिस सेन्ट जर्माइनलाई ४/१ले हराएर सिटी पहिलो पटक फाइनल पुगेको हो ।






