नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

निषेधाज्ञामा पनि बढ्याे सुनकाे मूल्य ? ताेलाकाे कति ?
काठमाडाैं । स्थानीय बजारमा सुनकाे भाउ बढेकाे छ । साविक दिनकाे तुलनामा साेमबार छापावाल सुनकाे भाउ प्रतिताेला ४ सय रूपैयाँले बढेकाे छ । नेपाल सुनचाँदि व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनकाे भाउ प्रतिताेला ९० हजार ४ सय रूपैयाँ ताेकिएकाे छ । हिजाे प्रतिताेला ९० हजारकाे भाउमा काराेबार भएकाे थियाे ।
साेमबार तेजावी सुन प्रतिताेला ८९ हजार ९ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । निषेधाज्ञाकाे समयमा पनि सुनकाे भाउ बढ्न छाेडेकाे छैन । शुक्रबार ९ सयले घटेकाे सुनकाे भाउ हिजाे सामान्य बढेकाे थियाे ।
साेमबार चाँदीकाे भाउ प्रतिताेला ५ रूपैयाँदे बढकाे छ । हिजाे शुक्रबार कै मूल्यमा स्थिर रहेकाे चाँदि साेमबार भने सामान्य बढेकाे छ । साेमबार चाँदी प्रतिताेला १३ सय रूपैयाँकाे भाउमा किनबेच भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।