गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

कोरोना पोजेटिभ रामपुरका एक पुरुषको होम आईसोलेशनमा निधन
प्रकाश ज्ञवाली
पाल्पा । कोरोना पोजेटिभ देखिए पछि होम अाईसोलेशनमा रहेको रामपुर नगरपालिकाका एक पुरुषको निधन भएको छ । रामपुर नगरपालिका १० गेझाका ७२ वर्षिय पुरुषको गयराती निधन भएको हो ।
प्रेसर संगै अन्य व्यथाको उपचारको लागि युनाइटेड मिसन अस्पताल गएका उनको उपचार पछि कोरोना परिक्षण गरिएको थियो । बैशाख १७ गते पिसिअार परिक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ अाएको थियो । १९ गते अस्पताल बाट डिस्चार्ज भएर होम अाईसोलेशनमा बसेकोमा उनको गयराती ११ बजे निधन भएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
डिसिसिएमको निर्णय अनुसार शव व्यवस्थापनको लागि छलफल भैरहेको नगरपालिकाले जनाएको छ । यस अघि विभिन्न अस्पतालहरुमा रामपुर नगरका ५ विभिन्न अस्पतालहरुमा निधन भएको थियो । रामपुरमा काेराेना राेकथाम तथा नियन्त्रणका ३५ शैयाकाे काेभिड अाईशाेलेशन निर्माण भएकाे रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयाे । रामपुर अस्पताल र नगरपालिकाे समन्वयमा अाईशाेलेशन निर्माण भएकाे हाे । नगरपालिकाले ३० वटा अक्सिजन सिलिन्डरकोकाे समेत ब्यवस्थापन गरेकाे छ ।