नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

शंकर पोखरेल फेरि मुख्यमन्त्री नियुक्त
बुटवल । शंकर पोखरेल फेरि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्।
प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। पोखरेलले आज बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।
यसअघि ३ फागुन २०७४ मा संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा (माओवादी केन्द्र)को समर्थनमा पोखरेल मुख्यमन्त्री भएका थिए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर उनीमाथि अविश्वास प्रस्ताव दर्ता गरेकाे थियाे।
आज अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूचि रहेकाे भए पनि उनले त्यसअघि नै राजीनामा दिएका थिए।