भारतीय सेनामा भर्ती खुल्याे, ‘लाहुरे’ हुने सुवर्ण अवसर (मिति समय र स्थान)

काठमाडौं । भारतीय सेनामा भर्ती खुलेको छ । आगामी असारमा बुटवलमा भर्ती छनोट भारतीय सेनाका लागि भर्ती छनोट हुन लागेको हो । इन्डियन आर्मी भर्ती र्‍याली २०२१ अन्तर्गत हुन लागेको यो छनोटमा ७ प्रदेशका ३५ जिल्लाका युवाहरुले अवसर पाउने छन् ।

भर्ती छनोट प्रक्रिया यही असार ४ गते देखि १४ गतेसम्म (18 Jun 2021 To 28 Jun 2021) नेपाल प्रहरीको बुटवल तालिम केन्द्रमा हुने छ ।

लिखित परीक्षा बुटवल प्रहरी तालिम केन्द्रमा हुनेछ ।

पहिलो दिन – काभ्रेपलाञ्चोक, रसुवा, नवलपरासी, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, भक्तपुर, र ललितपुर

दोस्रो दिन – असार ५ गते ,बाग्लुङ, म्याग्दी, पर्वत, मुस्ताङ

तेस्रो दिन – असार ६ गते पूर्व रुकुम, रोल्पा, दाङ, बाँके र बर्दिया

चौथो दिन – हुम्ला, कालिकोट, जुम्ला, डोल्पा, दैलेख, मुगु, सुर्खेत, जाजरकोट

पाँचौ दिन – कञ्चनपुर, डडेलधुरा, डोटी, कैलाली, बैटडी, अछाम, बाजुरा

आवस्यक कागजात र योग्यता

भर्ती देखिनको लागि कम्तीमा एसईई परीक्षामा साइन्स तथा गणित विषय अनिवार्य उतीणर् गरेको हुनु पर्नेछ । साढे १७ वर्ष २१ वर्ष उमेर समूहका युवाहरु छनोटमा सहभागी हुन पाउने छन् ।

कम उमेर १७ वर्ष ६ महिना (२०६० साल भदौ १८) बढी उमेर २१ वर्ष २०५६ साल फागुन २१

पूरानो प्रणाली अनुसार एसएलसी परीक्षामा सबै विषयमा कम्तिमा ३२ अङ्क वा ३२ प्रतिशत ल्याएको र सबै विषयको समग्र अङ्क ४५ प्रतिशत ल्याएको हुनुपर्ने छ ।

नयाँ प्रणाली अनुसार सबै उम्मेदवारहरुले एसईई परीक्षामा सबै विषयमा कम्तिमा १ दशमलव ४ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । सबै विषयको समग्र ग्रेड १ दशमलव ८ प्राप्त गरेको हुनुपर्नेछ ।

चारित्रिक प्रमाणपत्र अनिवार्य हुनेछ ।

ग्रेड सिट प्रतिलिपिका लागि परीक्षा नियन्त्रण कार्यलयबाट प्रमाणित गरेको हुनुपर्नेछ ।

उक्लिए होला हजारौं किलोमिटर,
तर मनमा शान्ति र खुशी तब छाउँछ
जब उ बाबुको लाहुरे बन्ने सपना साकार हुन्छ

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *