वीरगञ्जमा २८० जनाको स्वाब परीक्षण गर्दा १९३ जनामा संक्रमण पुष्टि

वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार गरिएको २८० जनाको आरटी पिसिआर परीक्षणमा १९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राती अबेरसम्म गरिएका परीक्षणको नारायणी अस्पतालको प्रयोगशालाले शनिबार बिहान मात्र परीक्षण रिपोर्ट सार्वजनिक गरेको हो ।

संक्रमण पुष्टी हुनेमा पर्साका १५१ जना , बाराका ३० जना, रौतहटका ४ जना सर्लाहीका ३ जना , चितवनका २ जना , धनुषा, बर्दिया र नवलपरासीका १/१ जना रहेका छन् । संक्रमण पुष्टि भएका पर्सा जिल्ला बाहेक अन्यत्र स्थायी घर भएपनि उनीहरुको स्वाब नमूना वीरगञ्जमा नै संकलन गरिएको अस्पतालले जनाएको छ । २।५ वर्षदेखि ७७ वर्ष उमेर समुहका थपिएका संक्रमितमध्ये १३६ जना पुरुष र ५७ जना महिलामा रहेका छन् ।

यसअघि विहीबार २८८ परीक्षण गर्दा १७५ जना , बुधबार २८८ परिक्षण गर्दा १६९ जना , मंगलबार २१० परीक्षण गर्दा १२४ जना , सोमबार १४० परीक्षण गर्दा ७६ जना आईतबार १४० परीक्षण गर्दा ९९ जना , शनिबार १४० परीक्षण गर्दा ९० जना , शुक्रबार १३९ परीक्षण गर्दा ८६ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसरी अघिल्लो शुक्रबारदेखि यो शुक्रबारसम्मको ८ दिनमा वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा १६२५ जनाको परीक्षण गर्दा १०१२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १३।१ देखि ३४।१ सम्म रहेको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट संक्रमण छिटो नसर्ने बताईन्छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड १९ सम्पर्क व्यक्ति विनय श्रीवास्तवका अनुसार कोरोना संक्रमणको दोश्रो लहर सुरु भएदेखि हालसम्म संक्रमण पुष्टि भएका १ हजार २ सय ६२ जना होम आइशोलेसनमा रहेकोमा १ सय ६० जना संक्रमण मुक्त भएको र १ हजार १ सय २ जना अहिलेपनि होम आइशोलेसनमा रहेका छन् ।

पर्साको वीरगञ्जका विभिन्न अस्पतालमा हाल ८१ जना संक्रमितहरु उपचाररत छन् । वीरगञ्जमा उपचाररत ८१ जना संक्रमितहरुमा नारायणी अस्पतालमा ४७ जना , नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा १८ जना , नारायणी बयोधा अस्पतालमा १४ जना र गण्डक हस्पिटलमा ८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *