काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…

चर्चित गायक प्रकाश सपुतलाई कोरोना संक्रमण
काठमाडौं । चर्चित गायक, संगीतकार तथा मोडल प्रकाश सपुतलाई कोरोना संक्रमण भएको छ ।काठमाडौं मेडिकल कलेजमा गरिएको पिसिआर रिपोर्ट अनुसार आफूमा कोरोना संक्रमण पुष्टि भएको सपुतले शुक्रबार सामाजिक संजालमार्फत जानकारी गराएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन्–‘अन्ततः काठमाडौं मेडिकल कलेजका अनुसार मेरो पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । सर्वप्रथम त यो बिचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पिसिआर टेस्ट गर्नुहोला । एकदमै धेरै शरिर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटि फिल भएपछि मैंले पिसिआर टेस्ट गरेको थिए ।
म होम आइसोलेशनमा छु । अवस्था सामान्य छ । कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौं । किनकी लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ । आशा राखौ यो महामारी छिट्टै टरेर जानेछ । हामी जिवनको पुरानै लयमा फर्किने छौ ।’