पूर्वराजा र रानीको स्वास्थ्य लाभको कामनासहित गढीमाईमा पूजा

बारा। पूर्व राजपरिवार दम्पतीको शीघ्र स्वास्थ्यको लागि गढीमाईमा पूजाअर्चना गरिएको छ ।

बिहीबार बाराको गढीमाइ मन्दिरमा राजा सर्मथकहरूले कोरोनाबाट स्वास्थ्य लाभको कामना गरेका हुन् ।

वैदिक मन्त्रद्वारा गढीमाई मन्दिरको मूल पुजारी मंगल चौधरीले राजाको सुस्वास्थ्यको लागि माता गढीमाईमा पूजा गरेका थिए । करीब एक घण्टासम्म चलेको विशेष पूजामा सर्मथकहरू गढीमाईमा पूजाअर्चना, होम र आरती समेत गरेका थिए ।

पूर्व राजपरिवारको स्वास्थ्यको लाभको लागि विश्व प्रसिद्ध गढीमाई मन्दिरमा पूजा गर्न आएको राजा सर्मथक शिवजी शाहले जानकारी गराएका छन् । कोरोनालाई छिटै परास्त गरी पुनः जनताको सेवामा फर्किने मातासँग कामना गरेको शाह बताउँछन् ।

वैशाख ५ गते भारत भ्रमण सकाएर नेपाल फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह र छोरी प्रेरणा शाहमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोना संक्रमित भएपछि निजहरुको उपचार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *