बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

कोरोना देखिएपछि गाउँपालिका बन्द
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कार्यरत कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि गाउँपालिकाबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । गाउँपालिकाको कार्यालयमा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाबाट प्रवाह गरिने सेवा चार दिनका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लले सम्भावित सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्नका लागि कार्यालयबाट प्रवाह हुँदै आएको स्वास्थ्यलगायत अन्य अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो । कर्मचारीहरुको स्वाब परीक्षणका क्रममा बुधबार उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि आजदेखि वैशाख १९ गतेसम्मका लागि गाउँपालिकाको सेवा प्रवाह बन्द गरिएको मल्लले बताउनुभयो ।
पालिकाको अन्य वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा भने स्वास्थ्य मापदण्ड अपनाएर पूर्ववतरुपमा सञ्चालन गरिने मल्लको भनाइ छ । जिल्लामा समेत दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररुपमा बढेको भन्दै गाउँपालिकाले सङ्क्रमणबाट जोगिन स्वास्थ्य सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।