नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

पेट्रोल ६२ रुपैयाँमा किनेर ११० मा बेच्दा पनि निगमलाई घाटा
काठमाडौँ । सबैजस्तो पेट्रोलियम पदार्थमा नेपाल आयल निगमलाई घाटा छ । तर, समाजको सबैभन्दा तल्लो तप्का र दूरदराजका उपेक्षित जनताले प्रयोग गर्ने मट्टीतेलबाट भने निगमले नाफा गर्छ ।
३१ साउनको नयाँ सूचीअनुसार ग्यासबाहेकका पेट्रोलियम पदार्थ किनेकोभन्दा करिब दोब्बर मूल्यमा बिक्री गरिरहेको छ ।तैपनि आगामी १५ दिनमा २५ करोड ५५ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ ।
रक्सौल नाकामा पेट्रोल ६२ रुपैयाँ ७० पैसामा किनेर ११० रुपैयाँमा बेच्दा पनि आगामी १५ दिनमा पेट्रोलमा ३३ लाख, डिजेलमा १६ करोड आठ लाख र ग्यासमा ३३ करोड ४७ लाख घाटा हुन्छ भने मट्टीतेलमा एक करोड ६६ लाख नाफा हुनेछ । त्यस्तै, हवाई इन्धनमा भने २२ करोड ६७ लाख नाफा हुनेछ । नयाँपत्रिकामा खबर छ ।