बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

विराटनगरको सप्तकोशी मार्गमा सिस्टर्स ब्युटिहोम
काठमाण्डौं,वैशाख १० ।
विराटनगरको सप्तकोशी मार्गमा नयाँ ब्युटिपार्लर सञ्चालनमा आएको छ । सिस्टर्स ब्युटी होमको नामबाट सञ्चालनमा आएको ब्युटिपार्लर शुक्रबारदेखि अफरसहित खुला गरिएको हो । सप्तकोशी मार्गमा ब्युटिपार्लर नभएको हुँदा यस क्षेत्रका महिला तथा युवतीलाई लक्षित गरी विशेष सेवा दिने उद्देश्यले ब्युटिपार्लर सञ्चालनमा ल्याइएको सिस्टर्स ब्युटिहोमकी सञ्चालिका रूपा शर्माले बताइन् ।
महिलाको सुन्दरतामा थप निखार ल्याएर उत्कृष्ट सेवा दिने गरी खोलिएको ब्युटिपार्लरमा विश्वविख्यात कम्पनीका उत्पादन प्रयोगमा ल्याइने सञ्चालिका शर्माको दाबी छ । पार्लरमा सामान्य मेकअप सेवादेखि विवाहका लागि विशेष शृंगारको सेवा पनि दिइनेछ ।