नेदरल्याण्ड्सले तीन विकेटले जित्यो

काठमाडौं । नेदरल्याण्ड्सले नेपालमाथि तीन विकेटको जित हात पारेको छ । खेल सकिन तीन बल बाँकी छँदै नेदरल्याण्ड्सले सात विकेटको क्षतिमा २०९ रन बनाएर नतिजा आफ्नो पक्षमा ल्यायो । नेपालले २०७ रनको विशाल योगफल तयार गरेपनि फितलो बलिङ प्रदर्शनले घरेलु मैदानमा निराशाजनक हार बेहोर्न बाध्य भयो । नेपाल हारपछि प्रतियोगितामा एक खेल अगावै फाइनल पुग्ने सम्भाबनालाई समेत टार्यो । नेपालले फाइनलमा स्थान सुनिश्चित गर्न आफ्नो अन्तिम खेलमा मलेसियालाई हराउनुपर्नेछ ।

नेदरल्याण्ड्सको जितमा मध्यक्रमका ब्याट्सम्यान बेन्न कूपरले ५५ रनको योगदान दिनुभयो । बास डे लीडले अविजित रहँदै ८१ रनको विष्फोटक पारी खेलेपछि नेदरल्याण्ड्सले नेपालमाथि जित हात पार्न सफल भयो । उहाँले मात्र ४२ बलमा सात चौका र पाँच छक्का लगाउनुभयो । कप्तान पिटर सीलरले मात्र १५ बलमा ३१ रन बनाएर नेदरल्याण्ड्सलाई जित नजिक पुर्याउनुभयो ।

नेदरल्याण्ड्सलाई जितका लागि ३९ बलमा जितका लागि ७४ रन आवश्यक छँदा पिटर सीलरले विष्फोटक पारी खेल्दै दुई ओभरमा २५ रन आवश्यक रहेको स्थितिसम्म लग्नुभयो । लीडले उक्त लक्ष्य खेल सकिन तीन बल बाँकी छँदै सहजै पुरा गर्नुभयो । बास डे लीड प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *