नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

साउन १ देखि वृद्धभत्ता बढ्ने
काठमाडौं । आगामी आर्थिक वर्षबाट सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साउन १ गतेबाट बृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् ।
मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए ।
सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै उनले अरु काम पनि गर्दै जाने बताए ।
‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ उनले भने ।