हत्केलामा बनेको मस्तिष्क रेखा हरेक ब्यक्तिको ऐना हुन्छ, जान्नुस् कसरी सचित्र वर्णन

एजेन्सी । सामुद्रिक शास्त्रलाई सामान्यतया हस्तरेखा शास्त्रको नामले धेरै मान्छेहरु बुझ्छन् । समुद्रशास्त्र अनुसार व्यक्तिको शरीरका अङ्गहरुद्वारा उसको चरित्र लगायत धेरै कुरा जान्न सकिन्छ । ज्योतिषीहरुले हात हेरेर भविश्यवाणी र कोही ब्यक्तिका बारेमा बताउने पनि यही शास्त्रकै आधारमा हो । यद्यपी अनुमानि ज्यातिसहरुको विगविगी पनि नभएको त होइन । हस्तरेखा शास्त्र अनुसार ब्यक्तिको हत्केलामा मस्तिष्क रेखा हुन्छ । यो रेखा हत्कालाको महत्वपूणर् रेखा हो । मस्तिष्क रेखाको माध्यमबाट कुनै ब्यक्तिको बिचारधारा पत्ता लाग्छ । हत्केलामाय यो रेखाको उदय गुरु र जीवन रेखाको बीच कहीँकतैबाट हुनसक्छ । यो रेखाले मानिसको बुद्धि विवेक उसको चिन्तन लगायतका कुराहरुलाई इशारा गर्ने यस शास्त्रमा उल्लेख छ । आउनुस, मस्तिष्क रेखा कसरी हेर्ने व्यक्तिको स्वभाव कसरी छुट्याउने विस्तृतमा जानौँ, …


१ स्वतन्त्र एवं संवेदनशील व्यक्ति
जुन ब्यक्तिको मस्तिष्क रेखा र जीवन रेखाद्वारा बन्ने काृण जति ठूलो हुन्छ उक्त ब्यक्ति त्यतिनै स्वतन्त्र एवं संवेदनशील हुन्छ । तर उसको मस्तिष्क सानासाना कुराहरुबाट पनि प्रभावित हुन्छ ।

२) कुशाग्र बुद्धि
जीवन रेखाबाट स्वतन्त्र आरम्भ हुने मस्तिष्क रेखा उसको विचारधारा अधिक स्वतन्त्र गर्छ । यस्ता ब्यक्तिहरु कुशाग्र बुद्धि, स्पष्ट चिन्तन, व्यवहारिक तथा आदर्शवाला हुन्छन् भनेर सुमुन्द्र शास्त्रमा उल्लेख गरिएको छ ।

३) प्रभावी मानसिकता
ज्व मस्तिष्क रेखा जीवनरेखाबाट निस्केर विचित्रविन्दुमा अलग भएर स्वतन्त्र रुपमा जान्छ भने त्यो विन्दु मानिुसको प्रभावीत हुने बिन्दु हुन्छ ।


४) व्यवहारिक व्यक्ति
सिधा र स्पष्ट मार्ग भएको मस्तिष्क रेखा छ भने त्यस्ता व्यक्ति व्यवहारिक हुन्छन् । यस्ता व्यक्तिहरु दोस्रो कोही अरुको प्रभावमा प्रर्दैनन् । यस्ता व्यक्तिहरुका साथी संगत पनि कम हुन्छन् । यिनीहरुमा एकाग्रता बढी हुन्छ । विचार प्रणाली पनि मौलिक हुन्छ ।

५) धर्म तथा संगीत
जुन ब्यक्तिको हातमा मस्तिष्क रेखा शनि रेखातिर झकेको हुन्छ त्यस्ता ब्यक्तिहरुले धर्म र संगिमा बढी रुची राख्छन् ।

६) क्रोधी र झगडालु
यदि तपाईको हत्केलामा मंगलबाट शुरु हुने मस्तिष्क रेखा अस्थायी तथा परिवर्तनशीलताको प्रबृति उत्पन्न गराउँछ । यस्ता ब्यक्तिहरु क्रोधी र झगडालु हुन्छन् भन्ने कुरा हस्तरेखा शास्त्रमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *