गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन
काठमाडौं । एक महिना अघिदेखि मस्तिष्कघात भई भेन्टिलेटरमा उपचाररत नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ ।
शुक्रबार राती ८ बजेर २४ मिनेटमा नेता जोशीको निधन भएको नर्भिक अस्पतालमा कार्यरत डा। विप्लब सापकोटाले जानकारी गराउनुभयो ।
जोशीलाई गत फागुन १४ गते राती मस्तिष्कघात भई तत्काल वीर अस्पताल ल्याइएको थियो । थप उपचारका लागि भन्दै वीरबाट थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
मस्तिष्कघात भएपछि उहाँलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उपचारमा सम्लग्न नर्भिक अस्पतालका न्युरो सर्जन डा। राजिव झाले नेता जोशीको शुक्रबार राती ८ बजेर २४ मिनेटमा निधन भएको जानकारी दिनुभयो । नेता जोशीलाई हेमोरोजिक स्ट्रोक भएको थियो । जोशी पूर्व उद्योग मन्त्री समेत हुनुहुन्थ्यो ।
जोशी कोमामा हुदा तत्काल शल्यक्रिया गरी मस्तिष्कमा जमेको पानी निकालिएको थियो । ,तर रगत निकाल्न नमिल्ने भएकोले भेन्टिलेटरमा राखि औषधि प्रयोग गरिएको थियो ।