बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

सत्तारूढ एमालेको आज दुई समूहको छुट्टाछुट्टै बैठक
काठमाडौं । सत्तारूढ एमालेको दुई समूहले छुट्टाछुट्टै बैठक बोलाएका छन् ।
शुक्रबार माधव नेपाल–झलनाथ खनाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नेपाल–खनाल समूहले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष केपी ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।
अध्यक्ष ओलीले आजै संसदीय दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन ।