आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली

काठमाडौं। आर्थिक वर्ष २०७७÷७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भए को छ । अर्थ मन्त्रालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सो जानकारी दिइएको हो ।

बैठकमा प्रस्तुत गरिएको जानकारीअनुसार २०७७ फागुन मसान्तसम्ममा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ । जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७। ८० प्रतिशत हो । २०७७ चैत ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको छे ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ ले पारेको प्रभावबीच राजस्वको लक्ष्य प्राप्त हुनेमा दुविधा नरहेको बताउनुभयो । पर्यटनबाहेक धेरै क्षेत्र सामान्य अवस्थामा फर्किसकेको भन्नुहुँदै अर्थमन्त्री पौडेलले लक्ष्यभन्दा बढी राजस्व असुल्ने गरी परिणाम निकाल्न निर्देशन दिनुभयो ।

राजस्व सचिव रामशरण पुडासैनीले आर्थिक गतिविधिहरु बढेको भन्दै राजस्वको लक्ष्य नपु¥याउने छुट नभएको बताउनुभयो । बैठकमा आर्थिक वर्ष २०७७÷७८ को फागुन महिनासम्म चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा ४८।१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२।४४ प्रतिशत हो ।

अर्थमन्त्री पौडेलले दुरुपयोग हुन नहुने, प्राथिमकता निर्धारणमा चुक्न नहुने र समयमा खर्च गर्ने परिपाटी जरुरी रहेको बताउनुभयो । खर्च गर्ने प्रणालीमा रहेका बन्धनहरुलाई हटाउन आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।

अर्थ सचिव शिशिरकुमार ढुंगानाले पूर्वनिर्धारित कार्यक्रमअनुसार खर्च बढाउन सबै निकाय सक्रिय हुन जरुरी रहेको बताउनुभयो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलले योजना बनाउँदा नै विशेष ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सहजीकरणका लागि अर्थ मन्त्रालयले विशेष भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ ले सिर्जना गरेको चुनौतीलाई सामाना गर्न सहुलियत कर्जा, पुनरकर्जा, व्यवसायिक निरन्तरता कर्जा लगायतका कार्यक्रमहरु ल्याइएको जानकारी दिनुहुँदै सबैको मेहनेतबाट उपलब्धीहरु हासिल भएको बताउनुभयो ।

अर्थ मन्त्रालयका प्रवक्ता सुमन दाहालले समग्रमा वित्तीयस्थिति सकारात्मक रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७७÷७८ को दोश्रो चौमासिक प्रगति समीक्षा र चुनौतीहरुसम्बन्धी धारणा प्रस्तुत गर्नुभएको अर्थ मन्त्री पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *