शिक्षालाई आधुनिक र प्रविधि मैत्री बनाउनुपर्नेमा जोड,बिबिएम आठौं सेमेष्टरका विद्यार्थीको विदाई

पाल्पा,चैत्र ६ ।
सुनिल कार्की ।
नेपालको उच्च शिक्षालाई समय अनुसार आधुनिक र प्राविधि मैत्री बनाउनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन । पछिल्लो समय नेपालमा अझै पनि पुरानो कोर्ससँगै किताबी मौखिक शिक्षा चलिरहेको भन्दै अबको अध्यापन प्रयोगात्मक हुनुपर्ने बताईएको हो।त्रिभुवन बहुमुखि क्याम्पस पाल्पाको ब्यवासाय ब्यवस्थापन(बिबिएम)कार्यक्रमको ८ औं सेमेष्टरका विद्यार्थीलाई विधाई गर्न आयोजित कार्यक्रमका सहभागीले शिक्षामा परिवार्तनको आवश्यकता रहेको उल्लेख गरेका हुन । मुलुककै जेठे आंङ्गगिक क्यामपसको रुपमा रहेको त्रिभुवन बहुमुखि क्यामपसमा संञ्चालित ब्यवसाय ब्यवस्थापन (बिबिएम) कार्यक्रममा ८ वर्षदेखि सञ्चालनमा रहेको छ । मुलकमा बढ्दो दक्ष जनशक्तिको माग अनुरुप विद्यार्थीको सुनिशचित भविष्यको लागि संञ्चालित कार्यक्रमले पाल्पाका बैंकिङ क्षेत्रमा दक्ष र आवश्यक जनशक्तिको परिपुर्तिमा अहम भुमिका निर्वाहा गरेको छ ।

विदाई कार्यक्रमका प्रमुख अथिति त्रिभुवन बहुमुखि क्यामपसका क्यामपस प्रमुख टंक भट्टराईले विद्यार्थी र अभिभावको मागलाई सम्बोधन गरि सञ्चालनमा ल्याईएको बिबिएम कार्यक्रमले क्षमतावान विद्यार्थी उत्पादन गरि सफल जनशक्ति निर्माणमा कार्यक्रम सफल भएको बताउनुभयो । क्यामपस प्रमुख भट्टराईले नेपालमै न्यूनतम शुल्क त्रिभुवन बहुमुखि क्यामपस पाल्पाले मात्रै अध्यापन गराएको दाबि गर्नुभयो । सस्तो शुल्कमा अध्यापन गराउन यहाँका प्रध्यापकहरुले कम पारिश्रमीक लिएर विद्यार्थीलाई भार नपर्ने गरि अध्यापन गराएको बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथि बिबिएम कार्यक्रमका निर्देशक राजेश्वर उदयले विश्व बजारमा उच्च माग रहेको जनशक्ति उत्पादन गर्न बिबिएम कार्यक्रम पाल्पामा उपलब्धीपुर्ण रहेको भन्दै जिल्लाका लगनशील,मेहेनति र अनुशासित विद्यार्थीले यस कार्यक्रमलाई अझ गहकिलो बनाउन सहयोग गरेको बताउनुभयो । त्रिभुवन बहुमुखि क्यामपसबाट उत्पादीत बिबिएम कार्यक्रमका विद्यार्थी कोही पनि बेरोजगार बस्न नपरेको भन्दै रोजगार जनशक्ति उत्पादनमा टेवा पुगोकाले यस कार्यक्रममा विद्यार्थीको आकर्षण बढ्दो रहेको बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि निर्वतमान क्यामपस प्रमुख जिवन बहादुर थापाले बिबिएम कार्यक्रमलाई सञ्चालनमा ल्याउन निकै ठुलो मेहेनत गर्नुपरेको भन्दै लगनशील भएर अध्यानमा लाग्न विद्यार्थी आग्रह गर्नुभयो ।

यस्तै ब्यवस्थापन संकायका क्यामपस प्रमुख सुजय प्रधान,बिबिए कार्यक्रमका निर्देशक केशव घिमिरे,विद्यार्थी कल्याण प्रमुख पुष्कर आचार्य,सम्पुर्ण गुरुहरुका तर्फबाट कृष्ण आले, स्ववियु सभापति हरिबोल भट्टराई,अखिल क्रन्तीकारीका जिल्ला अध्यक्ष पदम सोमै लगायतले बोल्दै उच्च क्षमताका विद्यार्थी उत्पादन गर्न यस कार्यक्रमम सफल भएको भन्दै आगामी दिनमा शिक्षाको गुणस्तरलाई कायम राखि अघि बढ्न सुझाव दिर्दै विदाई भएर गएका विद्यार्थीको सफल भविष्यको कामना गर्नुभएको थियो ।

कार्यक्रममा मानविकि संकायका सहायक क्याम्पस प्रमुख कृष्ण बहादुर कार्की, निवर्तमान क्यामपस प्रमुख युवराज पौडेल,शिक्षा संकायका सहायक क्यापस प्रमुख सन्तोष खनाल,सन्ध्याकालीन सहायक क्यामपस प्रमुख दामोदर घिमिरे, प्रध्यापकहरु प्ररेणा महर्ज, सामाना गोभाजु,संगिता खनाल,अबयराज शाक्य,रिषिराम गैरै, अरुण ज्ञवाली,देवेस उपाध्या,अनेरास्वीयूक प्रतिनिधि निर्मल कुमाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रम बिबिएम दोस्रो सेमेष्टरमा अध्यनरत सुष्म खानालको स्वागत,छैठौं सेमेष्टरकी काजुली श्रेष्ठको अध्यक्षता र छैठौ समेष्टका धिरज बस्याल र निसा क्षेत्रीको सञ्चालनमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *