ओलीको निर्णयलाई वैधता नदिन माग गर्दै नेपाल-खनाल गुटले बुझायो आयोगलाई पत्र

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा गरेको निर्णय विधानसम्मत नभएको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल–झलनाथ खनाल खेमाले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

आयोगमा दर्ता गरिएको पत्रमा पार्टी विधानको धारा ४१ अनुसार पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुनुपर्नेमा बैठक नै नबोलाइ गरिएका निर्णय विधानअनुकूल ठहर नहुने उल्लेख छ ।

पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ । केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा एमालेको विधि, पद्धति र अभ्यास रहँदै आएको छ । त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिँदैनन् ।

पत्रमा सर्वोच्च अदालतको फैसलाबाट झन्डै तीन वर्षपश्चात् नेकपा ९एमाले० यथावत् पुनर्जीवित भएकाले त्यसले पार्टीका पद्धतिसंगत बैठकहरु क्रमशः आयोजना गरी आफुलाई पुनः क्रियाशील तुल्याउनुपर्ने भनिएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गरेको निर्णय विधानविपरीत भएकाले गुट विशेषका निर्णयलाई वैधता नदिनु भन्दै नेपाल-खनाल समूहले पत्र बुझाएको हो । दुईपाने पत्रमा स्थायी कमिटीका ११ जना सदस्यहरुले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *