नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपालमा नम्बरी सुनकाे भाउ बढ्याे
काठमाडाैं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु ४०० ले उकालो लागेको छ । चैत महिनाको पहिलो दिन नै छापवाला सुन तोलामा रु ८६ हजार ६०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
फागुन २८ गते अर्थात् शुक्रबार छापवाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा रु ८६ हजार १५० मा कारोवार हुनेछ ।
शुक्रबार तेजाबी सुन तोलामा रु ८५ हजार ७५० मा कारोवार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।