हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
एमालेको दशौँ महाधिवेशन तय, थापालाई बागमती प्रदेशको इञ्चार्ज तोकियो
काठमाडौं । सत्तारुढ नेकपा एमालेको दशौँ महाधिवेशन तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकले आगामी २०७८ साल मंसिर २ देखि ६ गतेसम्म एमालेको महाधिवेशन तय गरेको हो ।
बैठकले एमालेले सातै प्रदेशको इन्चार्ज तोकेको छ । बैठकले प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश दुईमा सत्यनारायण मण्डल, बागमतीमा रामबहादुर थापा ‘बादल’, प्रदेश चारमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाउने निर्णय गरेको छ ।
बैठकले रामबहादुर थापा ‘बादल’ सहित २३ माओवादी नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । माओवादीसँग एकता गर्दा मनोनित भएका ४२ जना स्वतः केन्द्रीय सदस्य भएका छन् । योसँगै अब एमालेको केन्द्रीय कमिटी २६४ सदस्यीय भएको छ ।
बैठकले प्रदीप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माधव नेपाल पक्ष भने सहभागि थिएनन्। यसैगरी पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिइएको छ।