वृद्ध भत्ताबाट कर असुली !

What To Know

  • मुगु । जिल्लाको एक गाँउपालिकाले निर्धारण गरेको कर नउठ्लाकी भन्दै सामजिक सुरक्षा भत्ताबाट कटौती गर्ने गरेको पाइएको छ। मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिहरुबाट रकम कटौति गरेर कर उठाउने गरेको पाईएको हो।.
  • गाँउपालिकाले निर्धारण गरेको कर स्थानीयले समयमा नर्तिने गरेको भन्दै वडाले प्रत्येक घरका सामजिक सुरक्षाभत्ता पाउने ब्यक्तिको रकमबाट कटौति गरेर कर उठाउने गरिएको स्थानीय बताउँछन्। सामाजिक सुरक्षा भत्ताबाट कटौति गरेर कर उठाउन नपाउने भए पनी घर धुरी संख्या एकिन गर्नका लागी मात्र सामजिक सुरक्षा भत्ताबाट केही रकम कटौति गरेर कर उठाएको भन्ने आफुलाई जानकारी भएको तर अब यस्तो नहुने मुगुम कार्माराङ्ग गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत विकास रिजालले बताए।.

मुगु । जिल्लाको एक गाँउपालिकाले निर्धारण गरेको कर नउठ्लाकी भन्दै सामजिक सुरक्षा भत्ताबाट कटौती गर्ने गरेको पाइएको छ। मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिहरुबाट रकम कटौति गरेर कर उठाउने गरेको पाईएको हो।

जिल्लाको चार स्थानीय तहमध्ये मुगुम कार्मारोङ्ग गाँउपालिकाले एकीकृत सम्पति कर निर्धारण गरी कर उठाउने योजना वडालाई सुम्पेको थियो। गाँउपालिकाले ९ वटै वडाका बृद्ध बृद्धा, अपाङ्ग, एकल महिला, र बालबालिकाको पोषण भत्ता बापतको सामाजिक सुरक्षा भत्ताबाट रकम कटौति गरेर कर उठाउने गरेको हो। अाजकाे नागरिक दैनिकमा समाचार छ ।

गाँउ विकास समितिले प्रति कित्ता दुई रुपैयाँका दरले बार्षिक कर उठाउने भए पनि अहिले प्रति कित्ता १५ रुपैयाँ तिर्नु पर्ने बाध्यता रहेको छ। भुमि कर बाहेक ब्यबसाय , पशु चौपाय, जडिबुटी संकलन तथा किन बेचमा समेत गाँउपालिकाले भारी कर निर्धारण गरे पछी अप्ठेरो भएको मुगुम कार्मारोङ्ग गाँउपालिका–२ का च्यावा तामाङ्गले बताए।

मुगुम कार्मारोङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता पाउने व्याक्तिहरुबाट रकम कटौति गरेर कर उठाउने गरेको पाईएको हो।

गाँउपालिकाले निर्धारण गरेको कर स्थानीयले समयमा नर्तिने गरेको भन्दै वडाले प्रत्येक घरका सामजिक सुरक्षाभत्ता पाउने ब्यक्तिको रकमबाट कटौति गरेर कर उठाउने गरिएको स्थानीय बताउँछन्। सामाजिक सुरक्षा भत्ताबाट कटौति गरेर कर उठाउन नपाउने भए पनी घर धुरी संख्या एकिन गर्नका लागी मात्र सामजिक सुरक्षा भत्ताबाट केही रकम कटौति गरेर कर उठाएको भन्ने आफुलाई जानकारी भएको तर अब यस्तो नहुने मुगुम कार्माराङ्ग गाँउपालिकाका प्रमुख प्रसासकीय अधिकृत विकास रिजालले बताए।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *