What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
‘बोल्न पाइन्छ’ भन्दै तथानाम बोलेकी रामकुमारी झाक्री एमाले मै फर्किनुपरेपछि ….
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले सितको थोपा बनी मुस्कुराई रहने बताएकी छन्। झाक्रीले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहने बताएकी छन्।
सामाजिक संजाल ट्वीटरमा झाक्रीले लेखेकी छन्,“प्रिय साथिहरू,सितको थोपा बनी मुस्कुराई रहनेछु। मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भाबना देखिरहेका हुन्छन्। क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ।”

सर्वोच्च अदालतको फैसलासँगै एमाले एमालेतिर माओवादी केन्द्र पनि पूरानै हालतमा फर्किएपछि उनी चुपचाप थिइन् । बुधबार राति ट्वीट गर्दै उनले एमाले मै रहेर संघर्ष गर्ने आशय ब्यक्त गरेकी हुन् ।
सामाजिक सञ्जालमा मात्रै होइन राजनीतिक बृत्तमा पनि झाँक्रीका विषयलाई लिएर खरो आलोचना भइरहेका बेला उनको यस्तो स्टाटस आएको हो । प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बिरुद्ध खरो रुपमा उत्रिएकी अन्ततः अरु नेतासँगै प्रचण्ड गुट छोडेर नेकपा एमाले मै फर्किएकी छिन् ।
कतिपय नेता कार्यकर्ताले उनलाई एमालेको साधारण सदस्य समेत नरहने गरी निस्कासित गर्नुपर्ने बताउँदै आएका छ ।
बोल्न पाइन्छ भन्दै तथानाम बोलेकी उनलाई राष्ट्रपतिमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीले नियन्त्रणमा समेत लिएको थियो ।






