What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

आयाे एसईईकाे परीक्षा तालिका, (तालिकासहित)
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले जेठ १३ देखि २४ सम्म परीक्षा सञ्चालन गर्ने गरि तालिका सार्वजनिक गरेकाे हाे।
जसअनुसार १३ गते पहिलाे दिन अनिवार्य अँग्रेजी विषयको परीक्षा हुने छ। सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अँग्रेजी विषयको पनि परीक्षा हुने छ।
जेठ १४ गते अनिवार्य नेपालीको परीक्षा हुने छ। १६ गते अनिवार्य गणित र १७ गते अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ।
त्यस्तै जेठ १८ मा सामाजिक र १९ मा स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको परीक्षा हुने छ।
त्यस्तै २० गते ऐच्छिक गणितको परीक्षा हुने छ। सोही दिन ऐच्छिक विषयका पहिलो पत्रका सबै विषयहरुको परीक्षा हुने छ। २२, २३ र २४ गते भने प्राविधिक तर्फका विषयका परीक्षा हुने छ।
एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सन्चालन हुने छ।