What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

छोरीबुहारी छात्रवृत्ति कार्यक्रमका लागि निवेदन आह्वान
What To Know
- तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणदेखि अपाङ्गता परिचयपत्र वितरण शुरुआत गरेको छ । गाउँपालिका उपाध्यक्ष गङ्गादेवि उपाध्याय, वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढाथापा र डा अरुण श्रेष्ठसहितको टोलीले दुर्गम गाउँ लामाबगरमै पुगेर सेवा प्रदान गरेका हुन् ।.
- परिचयपत्र नवीकरण गराउन, नयाँ लिन एक दिन बास बस्नुपर्ने, स्वास्थ्य चौकीसम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपाङ्गता भएका व्यक्तिको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरणका साथै स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष उपाध्यायले बताउनुभयो ।.
खलङ्गा । सामाजिक विकास कार्यालय जुम्लाले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रमका लागि निवेदन आह्वान गरेको छ ।
नर्सिङ, एचए, फार्मेसी, ल्याब टेक्निसियन, रेडियोलोजिष्ट, बाली विज्ञान, बागवानी, पशुविज्ञान, इन्जिनीयरिङ र कम्प्युटर विज्ञानमा डिप्लोमा अध्ययन गर्न प्रदेश सरकारले छात्रवृत्ति प्रदान गर्नेे कार्यालय प्रमुख बलवीर सुनारले जानकारी दिनुभयो ।
प्रदेश सरकारले आर्थिक वर्ष ०७५÷०७६ देखि सो कार्यक्रम अघि सारेको हो । एक जनालाई रु ६६ हजारदेखि एक लाख ३० हजारसम्म छात्रवृत्ति प्रदेश सरकारले उपलब्ध गराउने कार्यालयले जनाएको छ । कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयवासी भगवती चौलागाईंले जानकारीदिनुभयो ।
घरदैलामा स्वास्थ्य जाँच
तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य परीक्षणदेखि अपाङ्गता परिचयपत्र वितरण शुरुआत गरेको छ । गाउँपालिका उपाध्यक्ष गङ्गादेवि उपाध्याय, वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, लेखा अधिकृत मिलन बुढाथापा र डा अरुण श्रेष्ठसहितको टोलीले दुर्गम गाउँ लामाबगरमै पुगेर सेवा प्रदान गरेका हुन् ।
परिचयपत्र नवीकरण गराउन, नयाँ लिन एक दिन बास बस्नुपर्ने, स्वास्थ्य चौकीसम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खालका अपाङ्गता भएका व्यक्तिको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरणका साथै स्वास्थ्य सेवा प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष उपाध्यायले बताउनुभयो ।