एमालेको सचिवालय बैठक स्थगित गरेर ओलीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनु भएकाे छ । ओलीले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद बोलाउनु भएकाे हाे ।

सर्वोच्च अदालतको फैसलासँगै ओली नेतृत्वको सरकार एमाले र माओवादी केन्द्रको गठबन्धनको सरकारमा रूपान्तरण भएपछि उहाँले पहिलो पटक बैठक डाक्नुभएकाे हाे ।

सर्वोच्चको फैसला लगत्तै प्रधानमन्त्री ओलीले आफू पक्षीय संसदीय दलको बैठक डाकेर माओवादीले समर्थन फिर्ता लिए विश्वासको मत लिने बताउनु भएकाे थियाे ।

यसैबीच नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ। मंगलबार बिहानका लागि बोलाइएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको बताइएको छ।

महासचिव ईश्वर पोखरेलले माधव नेपाल‚ झलनाथ खनाललगायत नेताहरु एमालेमा फर्किने निर्णय गर्नुअघि नै मंगलबार बिहान ९ बजेका लागि बैठक आह्वान गरेका थिए। नेपाल‚ खनाललगायतका नेताहरु एमालेमा नै फर्किएपछि थप तयारी गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको महासचिव पोखरेलको सचिवालयले जनाएको छ।

सचिवालयमा महासचिवको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव रहने प्रावधान छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *