बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

घरेलु मैदानमा चेल्सीको महत्वपूर्ण जित
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा चेल्सी विजयी भएको छ।
घरेलु मैदानमा भएको खेलमा चेल्सीले एभर्टनलाई २–० ले पराजित गरेको हो । चेल्सीका लागि जोर्गिन्होले ६५ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गरे । त्यसअघि ३१ औँ मिनेटमा एभर्टनका बेन गडफ्रीले आत्मघाती गोल गरेका थिए ।
जितपछि चौथो स्थानको चेल्सीको २८ खेलबाट ५० अंक भएको छ । २७ खेलबाट ४६ अंक रहेको एभर्टन छैटौँ स्थानमा झरेको छ ।
लिग अन्तर्गत सोमबार राति नै भएको खेलमा वेष्ट ह्यामले लीड्सलाई २–० ले पराजित गरेको छ । २७ खेलबाट ४८ अंकसहित वेष्ट ह्याम पाँचौँ स्थानमा पुगेको छ ।