माधव नेपालका पक्षमा कति छन् सांसद, नामावलीसहित

काठमाडौँ । आइतबार सर्वोच्च अदालतले गरेको निणर्यले नेपाली राजनीतिक इतिहासमा फेरि अर्को ट्वीष्ट देखिउको छ । प्रचण्डको सत्ता लोभले नेपाली राजनीतिमा आएको एउटा हुण्डरी स्क्रोल ब्याक भएको छ । भेरी भेरीतिर कणर्ाली कणर्ालीतिर भनेजस्तो अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पूर्ववत अवस्थामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

सर्वोच्चको यो फैसलाले माधव नेपाललाई बिचल्लीमा पार्ने देखिएको छ । पार्टी एकतापछि प्रचण्ड खेमामा लागेका नेपालालाई आइतबारको फैसलाले घर न घाटको स्थितिमा पुर्‍याएको छ ।

संसद विघटनपछि ओलीको खुबै चर्को आलोचना र तल्लो स्तरसम्मै झरेर गाली गलौज गरेका नेपाल अब केपी ओली अध्यक्ष भएकै पार्टी नेकपा एमालेका सांसद भएका छन् । उक्त दलमा उनको तेस्रो बरियता छ ।

पार्टी एकतापछिको नेकपा नरहेपछि अब नेपाल लुरुक्क परेर ओलीकै अन्डरमा आउनु व्याध्यात्पक अवस्था सिर्जना भएको छ ।

एमालेमा ओली बलियो अस्थामा छन् । संसदको अङ्कगणित पनि सर्वोच्चको फैसलालले उथलपुथल भएको छ । यस्तो अवस्थामा अब नेकपा एमालेमा नेपाल कति बलियो होलान्, उनको गुटका सांसद कति होलान् धेरैलाई चासो लागेको छ । प्रचण्डसँग जाने अवस्था छैन, अहिले उनी नेकपा एमालेबाट निर्वार्चित सांसद हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन एमालेका तर्फबाट प्रतिनिधिसभामा १ सय २१ जना सांसद बनेका थिए। त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।

पूर्वएमालेको संसदीय दलमा प्रधानमन्त्री केपी ओलीको अत्यधिक बहुमत छ ।

प्रतिनिधिसभामा कायम रहेका साविक एमालेका १ सय २० सांसदमध्ये माधव नेपालका पक्षमा भने थोरैमात्र सांसद छन्।

नेपालका पक्षमा नेपालसहित ४० जना सांसद छन्। पूर्व एमालेका लालबाबु पण्डित र तुलसा थापा तटस्थ रहेका थिए। थप ४ जना नेपाल पक्षका रहे पनि खुल्न बाँकी रहेको स्रोतले बताएको छ ।

यी हुन् नेपाल गुटका सांसदहरू 

क्र.सं. नाम गुट
माधवकुमार नेपाल नेपाल गुट
झलनाथ खनाल नेपाल गुट
घनश्याम भुसाल नेपाल गुट
योगेश भट्टराई नेपाल गुट
भीमबहादुर रावल नेपाल गुट
सोमप्रसाद पाण्डेय नेपाल गुट
गोकर्ण विष्ट नेपाल गुट
जीवनराम श्रेष्ठ नेपाल गुट
सुरेन्द्र प्रसाद पाण्डे नेपाल गुट
१० रामकुमारी झाँक्री नेपाल गुट
११ कृष्णलाल महर्जन नेपाल गुट
१२ कृष्णभक्त पोखरेल नेपाल गुट
१३ मायादेवी न्यौपाने नेपाल गुट
१४ विरोध खतिवडा नेपाल गुट
१५ सरलाकुमारी यादव नेपाल गुट
१६ कल्याणीकुमारी खड्का नेपाल गुट
१७ यज्ञराज सुनुवार नेपाल गुट
१८ समिना हुसेन नेपाल गुट
१९ मेटमणि चौधरी नेपाल गुट
२० जयकुमार राई नेपाल गुट
२१ हिराचन्द्र केसी नेपाल गुट
२२ भवानीप्रसाद खापुङ नेपाल गुट
२३ लक्ष्मीकुमारी चौधरी नेपाल गुट
२४ झपट रावल नेपाल गुट
२५ निरादेवी जैरू नेपाल गुट
२६ डा दीपक प्रकाश भट्ट नेपाल गुट
२७ कलिला खातुन नेपाल गुट
२८ पार्वतीकुमारी विशुन्खे नेपाल गुट
२९ बिनादेवी बुढाथोकी नेपाल गुट
३० राजबहादुर बुढा क्षेत्री नेपाल गुट
३१ मुकुन्द न्यौपाने नेपाल गुट
३२ पवित्रा निरौला नेपाल गुट
३३ गंगा चौधरी सतगौवा नेपाल गुट
३४ ध्रुवकुमार शाही नेपाल गुट
३५ गणेशकुमार पहाडी नेपाल गुट
३६ विष्णु शर्मा नेपाल गुट
३७ खुल्न बाँकी नेपाल गुट
३८ खुल्न बाँकी नेपाल गुट
३९ खुल्न बाँकी नेपाल गुट
४० खुल्न बाँकी नेपाल गुट
४१ लालबाबु पण्डित तटस्थ
४२ तुलसा थापा तटस्थ

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *